कत्रा जुत्ता ? (फोटो फिचरसहित)
हुनत सबै जुत्ता लगाउनकै लागि बनाउनुपर्छ भन्ने कहाँ छ र ? देखाउन वा सजाउनका लागि अर्थात् किर्तिमानी राख्नमा लागि पनि त बनाइन्छ ।
भारतको पन्जाबस्थित अमृतसरका कागज कलाकार गुरपि्रत सिंहले कागज तथा रबरबाट भिमकाय जुत्ता बनाउने गरेका छन् ।
उनले बनाएको सबैभन्दा ठूलो जुत्ताको उचाइ १० फुट तथा लम्बाइ ७ फुट रहेको छ ।
यी किर्तिमानी जुत्ता निर्माताले बनाएको उक्त जुत्ताको वजन १८ किलो छ । यो जुत्तालाई पनि उनी गिनिज बुकमा दर्ज गराउन चाहन्छन् ।
पछिल्लो १५ वर्षदेखि आफुले कागजको कलाकारिता गर्दै आएको उनी बताउँछन् ।




0 comments
Write Down Your Responses