सुन्दै अचम्म लाग्न सक्छ । तर, यो वास्तविक हो । जुम्ला जिल्ला सानीगाउँ गाविस वडा नं. ५ फुडर गाउँ निवासी ७९ बषिर्य माग्ले रोकायको टुप्पी शरिर भन्दा लामो छ । उनलाई आफ्नै टुप्पी वोक्न धौ छ ।
बुधवार मालपोत कार्यालय तुलसीपुरमा भेटिएका रोकायको टुप्पी हेर्नेको भीड जम्मा भयो । ‘देखाएर हिड्ने हो भने हेर्नेको भिड हुन्छ’ उनले भने-‘त्यही भएर लुकाएर हिंडुछु ।’ साढे ६ हात लामो अर्थात ३ मिटर लामो टुप्पी छ । रोकायले २५ बर्ष देखि टुप्पी पाल्न थालेका हुन् ।
किन यती लामो टुप्पी पाल्नु भएको भन्ने प्रश्नको जवाफ दिदै रोकायले भने-‘म पुजारी हुँ, त्यही भएर टुप्पी पालेको, लामो भएर टुप्पीकै भारी भयो ।’ रोकाय गाउँमा रहेको कैलाश मन्दिरको पुजारी हुन । कैलाश पुजाको दिन स्थानीय भक्तजनले रोकायको टुप्पीमा घ्यू घस्छन् । तर्, टुप्पीलाई अहीले सम्म पानीले भिजाइएको छैन् ।’नुहाउदा टुप्पीमा पानी पर्छ भनेर जोगाएर नुहाउछु’ रोकायले भने ‘पानीले भिज्यो भने र्झछ की भन्ने डरले गर्दा अहिले सम्म पानीमा भिजाएको छैन् ।’
रोकायको गाउँमा ८६ घर परिवार वस्छन् । गाउँका मानिसहरुले रोकायलाई पुज्दै आएका छन् । रोकायका तीन वटा छोरा र दुई वटी छोरी छन् । रोकायका जेठा छोरा तुलसीपुर टरिगाउँ वस्नुहुन्छ । जग्गाको कामको सिलसिलामा रोकाय पनि तुलसीपुर र्झनु भयो । गाउँमा रोकायको पहिचान टुप्पी बाजे छ ।
हुनत सबै जुत्ता लगाउनकै लागि बनाउनुपर्छ भन्ने कहाँ छ र ? देखाउन वा सजाउनका लागि अर्थात् किर्तिमानी राख्नमा लागि पनि त बनाइन्छ ।
भारतको पन्जाबस्थित अमृतसरका कागज कलाकार गुरपि्रत सिंहले कागज तथा रबरबाट भिमकाय जुत्ता बनाउने गरेका छन् ।
उनले बनाएको सबैभन्दा ठूलो जुत्ताको उचाइ १० फुट तथा लम्बाइ ७ फुट रहेको छ ।
यी किर्तिमानी जुत्ता निर्माताले बनाएको उक्त जुत्ताको वजन १८ किलो छ । यो जुत्तालाई पनि उनी गिनिज बुकमा दर्ज गराउन चाहन्छन् ।
पछिल्लो १५ वर्षदेखि आफुले कागजको कलाकारिता गर्दै आएको उनी बताउँछन् ।




